काठमाडौंमा बालेन्द्र शाहको अग्रता कायमै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता कायमै राख्नु भएको छ । राति पौने ११ बजेसम्मको मतपरिणाम अनुसार साहले ८४२ मत ल्याउनु भएको छ ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ७२३ मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ५०९ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

अहिलेसम्म २ हजार ६८२ मत गणना भइसकेको छ।


प्रकाशित | ३१ बैशाख २०७९, शनिबार २३:५९