भक्तपुरको बाचामारी भातेढिकुरमा रक्तदान सम्पन्न

भक्तपुर । रक्तदान नै जिवनदान भन्ने धारणा अनुसार सुर्यविनायक नगरपालिका वडा ९ बाचामारी भातेढिकुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । काोभिड १९ संक्रमण बढिरहेको यो अवस्थामा ब्लड बैँकहरुमा रगतको अभावमा कमी आउँन नदिन बाचामरी ढुगेंधारा तथा पुरातात्त्विक सम्पदा संरक्षण समिति, मदरल्याण्ड स्कुल, केदारनाथ साकोस र होटल सिटी गाऊँ प्रालिको संयुक्त आयोजनामा बाचामरी ढुंगेधारा भातेढिकुर परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सुर्यबिनायक नगरपालिका वडा नं.९ का वडाध्यक्ष उपेन्द्रराज केसी, सूर्यविनायक नगरपालिका ८ का वडाध्यक्ष किरण थापा, सुनपा १० का वडाध्यक्ष शिवराम राउत, मदरल्याण्ड स्कुलका प्रिन्सिपल संजय खड्का, रेडक्रस नंखेल उपशाखाका सभापति रामकृष्ण खत्री, केदारनाथ साकोसका अध्यक्ष कृष्णराम चगुठी, होटल सिटी गाऊँ प्रालिका संचालक रोशन ग्वाछा लगायतको उपस्थिती थियो ।


प्रकाशित | २८ आश्विन २०७७, बुधबार ०८:२०