कालिन्चोक गाउँपालिकाको अध्यक्षमा अर्जुन शिवाकोटीको अग्रता, कसको कति मत ?

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार अर्जुन शिवाकोटीले अग्रता लिनु भएको छ । कुल १ हजार १२७ मत खसेकोमा वडा नं १ मा ७६८ मत गन्दा अध्यक्षमा गठबन्धनले अग्रता लिएको हो ।

पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनबाट काँग्रेसका अध्यक्षका उम्मेदवार अर्जुन शिवाकोटीले ३१३ मत प्राप्त गर्नु भएको छ भने एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार गणेश शिवाकोटीले २५३ मत प्राप्त गर्नु भएको छ ।

यस्तै उपाध्यक्षमा एमालेका तर्फबाट कविता थामीले ३०३ मत प्राप्त गर्दै अग्रता कायम गर्नु भएको छ भने उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओबादीका कुल बहादुर बुढाथोकीले २४९ मत प्राप्त गर्नु भएको छ ।


प्रकाशित | ३१ बैशाख २०७९, शनिबार १६:०५