चार मन्त्री बाहेक सबै पदमुक्त, रघुबीर परराष्ट्रसहित उपप्रधानमन्त्री, शेरबहादुर स्वास्थ्यमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउनु भएको छ । स्रोतका अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्रीलाई हटाइन लागिएको हो ।

एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुबीर महासेठ र शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का ८ जना मन्त्री र दुई राज्यमन्त्रीलाई सपथ गराउँदै हुनुहुन्छ ।


प्रकाशित | २१ जेष्ठ २०७८, शुक्रबार १८:३२