बन्दीपुर। बन्दीपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार धुव्रलाल प्रधान घरदैलो कार्यक्रमा टोलटोलमा पुग्दा स्थानीयबासीमा छुट्टै खालको खुसी छाएको छ ।
लामो समयदेखि सामाजीक क्षेत्रमा क्रियाशिल इमानदार र अनुभवी ब्यक्तीले कांग्रेसको तर्फबाट अध्यक्षमा टिकट पाएको भन्दै स्थानीयबासी खुसीसँगै उत्साहित भएर चुनावी अभियानमा लागिपरेका छन् ।
कांग्रेसले गुमाउँदै आएको बन्दीपुरलाई अध्यक्षका उम्मेदवार प्रधानको उम्मेदवारीसँगै पुरानो विरासत फर्कर्नेमा आशावादी मात्र नभई चुनावमा जित्नेमा समेत ढुक्क छन् ।
उम्मेदवारी मनोनयन दर्तासँगै घरैलो कार्यक्रमलाई ब्यापक बनाउनु भएको प्रधान टोलटोलमा पुग्दा आफूले पाएको न्यानो स्वागत र माया तथा स्थानीयबासीमा देखिएको उत्साहले हौसाएको मात्र छैन कि यो पटक चुनाव पक्का जितीनेमा समेत ढुक्क बन्नु भएको छ । ‘जतिसुकै जे जस्तो लोभ लालच देखाए पनि विकासप्रेमी बन्दीपुरबासी मेरो पक्षमा छन् र कहिल्य ३० गते आउँला भनेर कुरेर बसेका छन्,’ प्रधान भन्नुहुन्छ ।
बन्दीपुरका सबै क्षेत्रमा समानुपातीक ढंगले विकासको लहर ल्याउन, विगतमा भएका पक्षपात र भेदभावपूर्ण कामको अन्त्य गर्न,
बन्दीपुरलाई सुखी, समृद्ध र भष्ट्राचारमुक्त बनाउने प्रतिबद्धतासहित चुनावी मैदानमा होमिनु भएको प्रधानले अहिलेसम्मको माहौलले सबैभन्दा अग्रस्थानमा आफू रहेको बताउनु भयो ।
करिब १२ हजार मत खस्ने अनुमान गरिएको बन्दीपुरमा पछिल्लो माहौलले अध्यक्षका उम्मेदवार प्रधान लोकप्रिय मतसहित विजयी हुने स्थानीय बुद्धिजीवीहरु समेत बताउने गरेका छन् ।



प्रकाशित | २६ बैशाख २०७९, सोमबार २३:२३