स्थानीय तहको निर्वाचन : मौन अवधि सुरु, के गर्न पाइन्छ, के पाइदैंन ?

काठमाडौँ । आसन्न स्थानीय तहकोे निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले नै मौन अवधिमा गर्न हुने र नहुने काम को सुची बनाएको छ । मौन अवधी सुरु भएपछि राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार गर्न र मतदातासँग मत माग्नेदेखि नशालु तथा मादक पदार्थ सेवन गर्न रोक लगाएको छ ।

मौन अवधिमा निर्वाचन नसकेसम्मक राजनीतिक दल, उम्मेदवार, नेता कार्यकर्ता, नागरिक समाज, मतदाताले चुनावी प्रचार प्रसार गर्न पाईने छैन । यस्तै, सञ्चारमाध्यमले पनि चुनावी प्रचारप्रसार हुने कुनै किसिमको सामग्री प्रकाशन प्रसारण गर्न पाइने छैन । मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के–के गर्न नहुने कार्यको सूची नै बनाएर आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

आयोगले मौन अवधिमा राजनीतिक दल र उम्मेदवारलाई विशेष गरी ४ किसिमको कार्यमा रोक लगाएको छ । यस अवधिभर निर्वाचन प्रचार प्रसारलगायत कुनै प्रकारको छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाइने छैन । मौन अवधिमा चुनावी प्रचारप्रसार र मतदातासँग प्रत्यक्ष वा अप्रत्यक्ष कसरी पनि मत माग्न नहुने भएकोले आयोगले कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा प्रचार प्रसार गर्न रोक लगाएको छ ।

मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा सेयर गर्न गराउन पाइनेछैन । मौन अवधिमा निर्वाचन आचारसंहिता पालना भए नभएको अनुगमन गर्न आयोगले अनुगमन टोली परिचालन गरेको छ ।


प्रकाशित | २८ बैशाख २०७९, बुधबार ०८:४७