केरुङ–काठमाडौँ रेलमार्ग : छ महीनाभित्र डिपिआरको टुङ्गो

काठमाडौँ – केरुङ–काठमाडौँको रेलमार्गको डिपिआर छ महिनामभित्र टुङ्गो लाग्ने भएको छ । आगामी छ महीनाभित्रै केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (पिआर) तयार हुने भएको हो । डिपीआर तयारी भएसँगै रेलमार्ग निर्माणको ढाँचा बन्नेछ ।

पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको र केही समयभित्रै डिपिआरका लागि छलफल भई अन्तिम निष्कर्ष निकाल्ने तयारी सरकारको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो रेलमार्गको विषयमा केही समयभित्रै आवश्यक तयारी पूरा हुने जानकारी गराउनुभयो ।

मन्त्री महासेठका अनुसार रेलमार्गको लागत हालको मूल्यका आधारमा रु तीन खर्ब बराबर हुनेछ । त्यस विषयमा कुन आधारमा कसरी लगानी जुटाउने भन्ने विषयमा छलफल भइरहेको र आवश्यक गृहकार्य भइरहेको जनाइएको छ ।
लगानी सम्मेलनमा सहभागीले भौतिक पूर्वाधारमा लगानी गर्दा आइपर्ने चुनौती तथा अवसरका बारेमा समेत जिज्ञासा राखेका थिए । सो जिज्ञासाको समाधान गर्दै मन्त्री महासेठले भौतिक पूर्वाधारमा आउने सबै प्रकारका लगानीलाई सरकारले स्वागत गर्ने बताउनुभयो ।


प्रकाशित | १६ चैत्र २०७५, शनिबार १३:३१