सरकारी अधिकृतले गरे ५९० रोपनी सरकारी जग्गा पत्नी, छोरी र नातागोताका नाममा दर्ता

जुम्ला : जुम्ला गुठीचौर गाउँपालिका–४ मा रहेको राष्ट्रिय भेडाभाख्रा अनुसन्धान फार्मको तीन लाख वर्गमिटर जग्गा तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले पत्नी, छोरी र नातागोताका नाममा दर्ता गराएको पाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा डिबी बुढाले लेखेका छन् ।

अभिलेख अनुसार जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत न्यौपानेले सेवामा रहेका बेला ९२०६६० पत्नीसहित १४ जना नातागोताका नाममा पाँच सय ९० रोपनी जग्गा दर्ता गरेका हुन् । न्यौपाने अहिले सेवानिवृत्त छन् । न्यौपानेले पदीय अधिकार दुरुपयोग गरी भेडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा पत्नी, छोरी र नातागोताको नाममा दर्ता गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार ०७:२२