अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपको एजेन्ट मिट सम्पन्न

काठमाडौ:  यसै साता अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपले प्रदान गरिरहेको सेवा नर्थ अमेरिकामा अबस्थित स्यान फ्रान्सीस्को स्टेट युनिभर्सिटीका बारेमा जानकारी गराउने उ्देश्यले आफ्ना पाट्नरहरुलाई एक वर्कशप को आयोजना गरेको छ।

No description available.

अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपका एसोसीएट्स् डाइरेक्टर मोहिद राजाले लामो समय देखि अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपले आफ्नै इङ्लिस कोर्स र UK, Europe, North America, Canada, लगायतका स्थानहरूमा University Pathway सञ्चालन गरीरहेको विषयमा जानकारी गराउनु भएको थियो। उहाँले भन्नु भयो, “हामी अहिले, U.K र North America मा Academic Partnership मा छौं। UK मा हामी De-Montfort University, University of Greenwich, Dundee University, Bangor University, Bradford University सँग सहकार्य गरी पाथवे प्रोग्राम सञ्चालन गरीरहेका छौ”।

No description available.

उक्त कार्यक्रममा North America को San Francisco States University लाई आँफुले अब प्रवर्दन गर्ने विषयका बारेमा जानकारी गराउनु भयो। अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपका नेपाल र श्रीलङ्काका लागि कन्ट्री मेनेजर राजु पौडेलले नर्थ अमेरिकामा अबस्थित San Fransisco State University लाई आँफुले प्रवर्द्धन गर्न पाउँदा आफ्ना एजेन्टहरु पनि खुशी रहेको जानकारी गराउनु भयो।

No description available.

उक्त कार्यक्रम उपस्थित एजेन्टहरुले अक्स्फोर्ड इन्टरनेशनल एजुकेशन ग्रुप संगको कार्य अनुभवका बिषयमा विभिन्न प्रतिक्रिया दिनु भएको थियो।


प्रकाशित | २१ बैशाख २०७९, बुधबार २२:२४