कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, दर्जनौ घाइते, सडक र विद्युत अबरुद्ध

कैलाली : कैलाली र कञ्चनपुरमा भीषणा हावाहुरी आएको छ । जिल्लाका विभिन्न ठाउँमा अचानक आएको भीषण हावाहुरीमा परि दर्जनौ घाइते भएका छन् । कैलालीको धनगढीलगायतका ठाउँमा बिहीबार साँझ अचानक भीषण हावाहुरी आएको हो । हावाहुरीले रुखहरु ढाल्नुका साथै घरहरुका छाना समेत उडाएको छ ।

सडक छेउका रुखहरुले विद्युतका पोलहरु ढालेका कारण जिल्लाभर बिजुली अवरुद्ध भएको छ  । राजमार्गहरुमा रुख ढलेका कारण यातायात अवरुद्ध छ । कैलालीका साथै कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्याएको छ ।  घाइतेहरुको उपचार स्थानीय अस्पतालहरुमा भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ ।


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार २२:१७