रौतहटका ११ नगरपालिका निमित्तकै भरमा

रौतहट : रौतहटका ११ नगरपालिका निमित्तकै भरमा सञ्चालनमा रहेको पाइएको छ । सरकारले कर्मचारीको समायोजन सके पनि रौतहटमा भने अझै ११ वटा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा रहेको हो । २ गाउँपालिका र १६ वटा नगरपालिका रहेको रौतहटमा अझै पनि ११ वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) नभएका हुन । जसले गर्दा ५ वटा नगरपालिकामा मात्रै उपसचिवबाट कामकाज हुँदै आएको छ ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार १८:१२