ललितपुर महानगरमा एमालेबाट हरिकृष्ण र मञ्जलीद्वारा उम्मेदवारी दर्ता

ललितपुर ललितपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरकी उम्मेदवार मञ्जली शाक्यले (आस्था) मनोनयन दर्ता गराउनुभएको छ । सोमबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराउनुभएको हो ।

यसअघि दुवै ले शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्वय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद लिनुभएको थियो । आशीर्वाद लिन उहाँहरु बिहान ९ बजे सत्यमोहन जोशीको निवासमा पुग्नुभएको थियो।

लगत्तै शंखमुलस्थित सिद्धिलाल सिंहको निवासमा पुग्नुभएको दुईजना त्यसपछि पाटनढोका स्थित स्नेहालता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद ग्रहण गर्नुभएको थियो । भेटपछि प्रतिक्रिया दिँदै मेयरका उम्मेदवार व्यञ्जनकार र उपमेयरका उम्मेदवार शाक्यले आशीर्वादबाट आफूहरूको विजय सुनिश्चित रहेको बताउनु भएको थियो।


प्रकाशित | १२ बैशाख २०७९, सोमबार १४:०७