नेपालमा मंगलबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ७० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्य २ सय ११ महिला र ३ सय ५९ पुरुष छन्। मन्त्रालयका अनुसार योसँगै कूल संक्रमितको संख्या १ लाख ६० हजार ८ सय पुगेको छ।

सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा थपिएका छन्। बाग्मती प्रदेशमा २७३ थपिएको मन्त्रालयको तथ्यांक छ। त्यस्तै प्रदेश १ मा ३५, लुम्बिनी प्रदेशमा १६८, गण्डकी प्रदेशमा ८०, प्रदेश २ मा १५ जना नयाँ संक्रमित थपिएका छन।

जिल्ला अनुसार संक्रमितको संख्या
उदयपुर १
पाँचथर १
भोजपुर १
मोरङ ४
सुनसरी २८
धनुषा ११
बारा १
रौतहट २
सिराह १
काठमाडौं २२५
काभ्रे ११
चितवन १
दोलखा १
धादिङ ३
नुवाकोट १
भक्तपुर २
रामेछाप २
ललितपुर २३
सिन्धुपाल्चोक २
कास्की १२
गोरखा १
नवलपरासी पुर्व ५५
म्याग्दी ५
बाग्लुङ ५
स्याङजा २
अर्घाखाँची २
कपिलवस्तु ४
गुल्मी ३
दाङ ५५
नवलपरासी ७
प्युठान १
बर्दिया २
बर्दिया २
बाँके १४

रुपन्देही ७९


प्रकाशित | ११ कार्तिक २०७७, मंगलवार १८:३३