शेयर बजारमा दोहोरो अंकको गिरावट: लगानीकर्तामा निरासा

काठमाडौं: शेयर बजार केहि दिन यता लगातार ओरालो लाग्ने क्रममा छ । साताको पहिलो दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । जसले लगानीकर्तालाई निरास बनाएको छ । आइतबार नेप्से सूचक १६.७१ अंकले घटेर १ हजार २७७.७८ बिन्दुमा रोकिएको छ । १७५ कम्पनीको २३ लाख १२ हजार ५३० कित्ता सेयर ६५ करोड ३ लाख ७८ हजार ४५४ रुपैयाँमा किनेबच भएको छ ।

दश उपसमूहको कारोबार हुँदा उत्पादन तथा प्रशोधन २०.८ र अन्य १.१२ अंकले बढेको छ भने बाँकी सबै उपसमूहको कारोबारमा गिरावट देखिएको छ । कारोबारमा कारोबार रकममा आधारमा नेपाल बैंक अग्रस्थानमा देखिएको छ । नेपाल बैंकको ६ करोड २८ लाख ८४ हजार ५७६ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र शिवम् सिमेन्ट रहेको छ ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार १६:५७