कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त

काठमाडौं – कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त हुनु भएको छ । सभापति शेरबहादुर देउवाले प्रवक्तामा डा. महत नियुक्त हुनु गर्नु भएको हो ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य महतलाई पार्टीको प्रवक्ता पदमा मनोनयन गरिएको जानकारी गराउनु भएको हो ।

महत हालै सम्पन्न १४ औं महाधिवेशनमा आफ्नै समूहबाट महामन्त्री पदमा पराजित हुनु भएको थियो ।

सायद रूख तथा  'नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुर, नेपाल नेपाल काাध্ঠারান माघ २४, २०७६ प्रेस विज्ञप्ति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य डा. प्रकाशशरण महतलाई पार्टीको प्रवक्ता पदमा मनोनयन गर्नु भएको छ ഇග da कृष्णप्रसाद पौडेल मुख्य सचिव टेलिफोन (००९७७-१ ሂ੧5੩૨६૨ /५9८३२६४/५੧६३२६४, पयाक्स ሂ੧૬३२६६ -mail: info@nepalicongress.org Internet Access: http://www.nepalicongress.org' भन्ने पाठ को तस्बिर हुनसक्छ


प्रकाशित | २४ माघ २०७८, सोमबार १३:३६