माओवादीले महानगर र उपमहानगरका उम्मेदवार टुंग्यायो,भरतपुरमा रेनु

काठमाडौँ : नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । माअ‍ोवादी केन्द्रले आफ्नो भागमा परेको एक महानगर र एक उपमहानगरका लागि उम्मेदवारी टुंगो लगाएको हो ।

माओवादीले भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ । यस्तै, ललितपुर महानगरको उप मेयरमा बाबुराज बज्राचार्य उम्मेदवार बनाएको छ ।

यस्तै, माओवादीले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।

धनगढी उपमहानगरको उप मेयरमा शान्ति अधिकारी र धरान उपमेयरमा ईन्द्रविक्रम मेघा, सूर्यबहादुर भट्टराई, उद्धबहादुर लिम्बुको नाम टुंग्याएको छ । माओवादीले भोलि दिउँसोसम्म सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ ।


प्रकाशित | १० बैशाख २०७९, शनिबार १९:११