दार्जिलिङमा नेपाली गोर्खे खानपान

सेफ प्रेमलाल घिसिङ
(नेपाली खाना खोज अभियान्ता)

जहाँ नेपाली मन र पन हुन्छ, त्यहाँ नेपाली संस्कार संस्कृति अनि खानपान हुन्छ चाहे देश भित्र होस या बाहिर । मान्छे जहाँ जता पुगे पनि आफ्नो माटोको माया लाग्छ । आफ्नो संस्कार संस्कृति, भेषभुषा, भाषा र धर्मको माया लाग्छ । आफु जहाँ रहे पनि आफ्नो पहिचान बिर्सिदैन। यहि नेपाली पहिचान भारत दार्जिलिङका नेपाली भाषी दाजुभाई, दिदीबहिनी र आमाबुवाले जोगाइराख्नु भएको छ । उहाँहरुले नेपाली गोर्खे खानपानलाई माया गरेर विभिन्न चाडपर्व र संस्कारमा प्रयोग गर्ने गरेको छ । दार्जिलिङ र सिकिमका केहि तारे होटलहरुमा पनि नेपाली गोर्खे खानपानको मेनु पाउन सकिन्छ । यो हाम्रो लागि खुसीको विषय हो ।

No description available.

१०१ दिन नेपाली मौलिक खानपानको अध्ययन सकाएर अहिले म यसैलाई लिपिवद्ध गर्दैछु । यसै सिलसिलामा मलाई केहि समय अगाडि दार्जिलिङबाट सेफ शामसन डुमजन तामाङको फोन आयो । उहाँ इन्डियन रोयल गोर्खा कुलीनरी सेफ फेडेरेशनका अध्यक्ष हुनुहुन्छ । उहाँ र म बीच धेरै समय अगाडि देखि नै नेपाली खानपान र गोर्खे खानपानको बारेमा कुराकानी हँुदै आएको थियो । यसै क्रममा उहाँले मलाई दार्जिलिङमा १२ हजार देखि १५ हजार सम्मलाई नेपाली गोर्खे खानपान खुवाउनु प¥यो भनेर खबर गर्नु भयो । यसमा मैले सहमत जनाए । नेपालबाट मेरो नेतृत्वमा सेफ मन बहादुर तामाङ र सेफ जित मुक्तान गरि हामी तीन जना नेपाली सेफहरु दार्जिलिङ पुग्यौँ ।

No description available.

अक्टोवर १४ तरिखमा हामी दार्जिलिङ पुग्यौँ । हामीलाई सेफ शामसन डुमजन तामाङ र उहाँको इन्डियन रोयल गोर्खा कुलिनरी शेफ फेडेरेशन परिवारले मिठो स्वागत गर्नु भयो । त्यसपछि हामी कार्यक्रम रहेको घर तिर लाग्यो । हामी गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङको घरमा पुग्यौँ । उहाँले पनि हामीलाई न्यानो स्वागत गर्नु भयो । उहाँको वुबा वित्नु भएको रहेछ । उहाँकै वुवाको (घेवा) काजक्रियामा नेपाली गोर्खे खानपान खुवाने उहाँको योजना रहेछ, त्यही अनुसार हामीलाई खबर गर्नु भएको रहेछ शेफ शामसन डुमजन तामाङले । म र सेफ शामसन डुमजन तामाङ मिलेर ३५ वटा नेपाली गोर्खे मेनु बनाएर हामी दार्जिलिङ, सिकिम, ग्यान्टोक, सिलगुडि र नेपालको गरेर ६० जना सेफहरु मिलेर अक्टोबर १८ तारिकमा हामीले १५ हजारको हाराहारीमा पाहुनाहरुलाई नेपाली गोर्खे खानपान खुवायौं । हामी तीन जना सेफहरु र सेफ शामसन डुमजन तामाङ मिलेर अन्य सेफहरुलाई पनि नेपाली गोर्खे खानपान पाककला सम्बन्धी धेरै ज्ञान र सिपहरु दियौं । पाहुनाहरुको खानपान प्रतिको प्रतिक्रियाले हामीलाई अझ जोस जाँगर मिल्यो । उहाँहरुले खानपानलाई सारै मिठो मानेर खानु भयो । पाहुनाहरु सिकिमका मुख्यमन्त्री देखि लिएर भारतका विशिष्ट राजनीतिक व्यक्तित्वहरु, व्यवसायीहरु र शिक्षाविदहरु हुनुहुन्थ्यो । उहाँहरुले पहिलो पटक नेपाली गोर्खे खानपान खाएको र मिठो रहेको प्रतिक्रिया दिनु भयो । उहाँहरुको त्यो प्रतिक्रियाले हामीलाई नेपाली खानपान प्रति अझ जिम्मेवारी थपेको छ ।

No description available.

हामीले दार्जिलिङबासीको मन जितेर आएका छौं । अन्तमा हामीलाई श्री विनाय तामाङ ज्यूले कार्यसफलता गरेकोमा पत्रकार सम्मेलन गरेर बधाई दिदै अगामी दिनमा पनि त्यहाँको हरेक संस्कार संस्कृतिमा नेपाली गोर्खे खानपानलाई पहिलो प्रथामिकता दिने प्रतिबद्धत दिनु भयो । इन्डियन रोयल गोर्खा कुलीनरी सेफ फेडेरेशनका अध्यक्ष सेफ शामसन डुमजन तामाङले पनि हामीले गरेको कार्य प्रति खुसी हुँदै आगामी दिनहरुमा पनि यसरी नै सहकार्य गरेर अगाडि बढ्न पाउँ भनि खुसी व्यक्त गर्नु भयो । हामीले पनि उहाँहरुले हामीलाई गरेको सत्कार अनि नेपाली गोर्खे खानपान प्रति गरेको सम्मानलाई धन्यबाद दिदै अगामी दिनमा यसरी नै नेपाली गोर्खे खानपानलाई विश्वमा अगाडी बढाउने निर्णय गरेका छौं । हरेक वर्ष अक्टोबर १८ तारिखमा नेपाली गोर्खे खानपानको साल मनाउने पनि सम्झौता गरेका छौं ।

No description available.

अव हाम्रा सरकारले पनि नेपाली गोर्खे खानपानलाई प्रथामिकता दिनु पर्छ, अनि मात्र नेपाली खानपानले बजारमा स्थान पाउने छन् । नेपाल सरकारको हरेक पार्टी, भोज भतेरमा नेपाली खानपानलाई समावेश गर्नुपर्छ । नेपाली खानपानलाई जोगाउने हो भने राज्यले यो विषयमा छिट्टै गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ । हाम्रा गैर आवासीय संघका साथीहरुले पनि हरेक कार्यक्रममा नेपाली खानपानलाई प्रथामिकता दिनु पर्ने देखिन्छ । यसको लागि हामी तपाईहरु संग सहकार्य गर्न तयार छौं । अव हामीले नेपाली खानपानको संग्राहलय बनाएर यसको संरक्षणमा लाग्नु पर्ने देखिन्छ । मैले यसको बारेमा केहि खाकाहरु प्नि तयार गरिसकेको छु । किनकी मैले १०१ दिन नेपाली खानपान खोज्न देश डुल्दा पाखा पखेरोसँंग नाता गाँसेको छु । हरेक समुदायको खानपानको स्वाद जिब्रोमा लिएर आएको छु । देशको प्राकृतीक सुन्दरता, संस्कार, संस्कृति र माटोलाई आँखाले नियालेको छु, हातले स्पर्श गरेको छु मनले अनुभव गरेको छु । त्यसैले मलाई आमाको माया छ , देशको माया छ, माटोको माया छ, नेपाली संस्कार संस्कृति र खानपानको औधीँ माया छ ।

जय नेपाली खानपान

No description available.
No description available.
No description available.
No description available.

प्रकाशित | २८ कार्तिक २०७७, शुक्रबार २१:४३