एकीकृत समाजवादीले महानगर र उपमहानगरका उम्मेदवार टुंग्यायो

काठमाडौ : नेकपा (एकीकृत समाजवादी) ले आफ्नो भागमा परेका सबै महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ ।

समाजवादीले पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार धनराज आचार्यलाई बनाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको भागमा परेको काठमाडौं महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति भएको छ ।

उता हेटौंडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, बुटवल उपमहानगरपालिका उपप्रमुखमा चीनबहादुर गुरुङ बनाउने निर्णय गरेको छ ।तुलसीपुर उपमहानगर उपप्रमुख जोगबहादुर राना र इटहरी उपमहानगरपालिका उपप्रमुखमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडा सबैको नाम सर्वसम्मत चयन गरिएको र आइतबार उम्मेदवारी मनोनयन गर्ने  बताउनु भयो ।


प्रकाशित | १० बैशाख २०७९, शनिबार १६:०६