के रास्वपा सत्तालिप्सामा फस्दै गएको हो ? (भिडियो रिपोर्ट)

काठमाडौं : पछिल्लो समय वैकिल्पक शक्तीको रुपमा उदाएको राष्टिय स्वतन्त्र पार्टी पनि क्रमश सरकार केन्द्रित बन्दै गएको छ । पूराना राजनीतिक दलहरुको दलदलबाट वाक्क बनेका जनताको आशा र भरोसाको केन्द्रबिन्दु बनेको रास्वपा पनि अन्तत उहि बाटोमा देखिएको छ । जनताले विश्वास गरेकै कारणले रास्वपा ले छोटो समयमा नै ठूलो फड्को मार्न सफल बन्यो । तथापी यो पाटीर्ले पनि पूराना पार्टीहरुको जस्तै कार्यशैली अपनाउदै सत्ता लिप्त बन्न थालेको छ ।

सभापति रवी लामिछानेको नागरिकता सम्बन्धी अदालतको फैसलासँगै राजीनामा दिएर पुन नागरिकता प्राप्ति गरेपनि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री दिन नमानेपछि सरकारबाट बाहिरिएको रास्वपाले पुन विश्वासको मत दिने भएको छ । यसअघि पनि सो पार्टीले राष्टपतिमा सत्ता गठबन्धनकै उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएर सक्ताप्रतिको आशत्ति देखाएको थियो । यी र यस्तै घटनाक्रमले रास्वपा पनि सत्ता लिप्सामा फस्दै गएको त होइन भन्ने प्रश्न उठ्न थालेको छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकार गठन हुँदा रास्वपा नभए गठबन्धन नबन्ने अवस्था रहेको बताउँदै फरक परिस्थिति बनेका कारण सत्ता लिप्सामा फसेको भनेर आंशका गर्नु स्वभावीक रहेको बताउनुभयो ।

सो कुरालाई सहमति जनाउँदै रास्वपाकी सांसद डा. तोसिमा कार्कीले आफ्नो पार्टीको बलमा मात्र एकल रुपमा सरकार बनाउने अवस्था नभएकाले कोहि न कोहिसँग मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

सांसद परियारले राजनीतिक पार्टीका रुपमा मताधिकार लिएपछि जनताको पक्षमा काम गर्न पाइन्छ भने सरकारमा जान तयार रहेको स्पष्ट पार्नुभयोे ।

राजनीतिक पार्टी बनाउन धेरै कुरा चाहिने बताउँदै रास्वपालाई समाज रुपान्तरण गर्न सक्ने पार्टी देख्न चाहेको हो भने प्रतिपक्षमा मात्र बसेर सम्भव नभएको समेत उहाँले बताउनुभयो ।
सांसद कार्कीले जनताले आफूहरुलाई नियालीरहेको बताउँदै जनताको पक्षमा काम गर्ने बताउनुभयो ।

सो पार्टीका सांसदहरुले अभिब्यक्ती र पार्टीका गतिविधीले वैकल्पिक शक्तीका रुपमा उदाएको रास्वपा पनि सत्ता केन्द्रित बनेको हो कि भन्ने आंशका उत्पन्न गराएको छ ।


प्रकाशित | ६ चैत्र २०७९, सोमबार ११:२९