


काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले जनताको चाहनाअनुसार नगरपालिकाले आफ्नो कार्य अगाडि बढाइरहेको बताउनु भएको छ । सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै मेयर कार्कीले जनताको चाहना र चुनावमा ब्यक्त प्रतिबद्धता बमोजीम विकास निर्माणका कार्यहरु अगाडि बढिरहेको बताउनु भयो ।
‘मैले निर्वाचीत भएर आएपछि खानेपानी सबैभन्दा ठूलो समस्या पहिचान गरेर खानेपानी ऐन र सरसफाई ऐन निर्माण गरि खानेपानी बोर्डको स्थापना गरें । अहिले एडिबीका साना लगानी र साना सहरी आयोजना गरि करिब डेढ अर्वको खानेपानी आयोजना तीन वर्षभित्र पूरा गर्ने र हरेक घरधुरीमा शुद्ध खानेपानी पुर्याउने प्रतिबद्धता अनुसार ठेक्का प्रक्रियामा अगाडि बढेर अब कार्यान्वयनको चरणमा जाँदैछ ।’
नगरपालिका विशेष गरि काठ क्षेत्रका तत्कालीन ६ वटा गाविस मिलेर बनेको र यसअघि पूर्वाधार क्षेत्र अन्तर्गत सडक सञ्जाल जोड्ने कार्यमा बढी लगानी भएको बताउँदै मेयर कार्कीले आफू निर्वाचीत भएर आएपछि विकासको प्राथमिकता निर्धारण गरेर अगाडि बढेको बताउनुभयो ।
मेयर कार्कीले भन्नुभयो, ‘मैले निर्वाचीत भएर आएपछि विकासको प्राथमीकतालाई निर्धारण गर्ने पहिलो प्रयास गरें। शूरुमा यहाँको खानेपानी सबैभन्दा ठूलो समस्या पहिचान गरेर खानेपानी ऐन र सरसफाई ऐन निर्माण गरि खानेपानी बोर्डको स्थापना गरें । त्यसपछि भएका समस्या पहिचान गरि समाधानका लागि के गर्न सकिन्छ भनेर सम्भाब्यता अध्ययन भयो । जस अन्र्तगत दुई वटा योजना एडिबीका साना लगानी र साना सहरी आयोजना गरि करिब डेढ अर्वको खानेपानी आयोजना तीन वर्षभित्र पूरा गर्ने र हरेक घरधुरीमा शुद्ध खानेपानी पुर्याउने प्रतिबद्धता अनुसार ठेक्का प्रक्रियामा अगाडि बढेर अब कार्यान्वयनको चरणमा जार्दैछौ ।’
मेयर कार्कीले पूर्वाधार विकास लगायत सामाजीक रुपान्तरणका लागि सब्य सुसंस्कृत र राष्ट्रिय अन्तराष्ट्रिय बजारमा बिक्न सक्ने गरि जनशक्ती उत्पादन गर्न शिक्षा क्षेत्रलाई पनि विशेष प्राथमकिता दिएर अगाडि बढिरहेको बताउनुभयो । शिक्षा क्षेत्रमा लगानी गर्न आवश्यक छ र त्यसलाई प्राथमिकता दिन आवश्यक छ भनेर इसिडी कक्षादेखि नै शैक्षीक गुणस्तर सुधारमा लागिरहेको मेयर कार्कीले बताउनुभयो ।
मेयर कार्कीले जनताको स्वास्थ्य समस्यालाई ध्यानमा राखी नगरपालिकाले आफनो ठाउँबाट शहरी स्वास्थ्य केन्द्र, क्लनीकहरु, स्वास्थ्य केन्द, वर्थीङ सेन्टर र नगर अस्पतालको क्षमता विकास गरेर थप जनशक्ती र उपकरण ब्यवस्थापन गरि प्रभावकारी स्वास्थ्य सेवा अगाडि बढिरहेको पनि जानकारी गराउनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की
‘यसका अलवा मेयरसँग ज्येष्ठ नगारिक घरदैलो कार्यक्रम अन्तर्गत निशुल्क विशेषज्ञ स्वस्थ्य सेवा नियमीत रुपमा हरेक वडामा पुगेर दिइरहेका छौ’, उहाँले भन्नुभयो, ‘विद्यालय स्वास्थ्य कार्यक्रम भनेर हरेक सामुदायीक विद्यालयमा नियमीत रुपमा विद्यार्थीहरुको निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएका छौ । जुन काम गर्दा विशेषज्ञ चिकित्सक, ल्याव, इसिजीको सुविधा, इको र अल्ट्रासाउण्ड लगेर आवश्यक सुविधा दिदै आएका छौ ।’
नगरपालिकाले गरिरहेको कार्यबाट नगरबासीबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ भने प्रतिबद्धता ब्यक्त गरे अनुसार मेयर कार्कीले काम गरेकोमा स्थानीयबासीले खुसी ब्यक्त गर्ने गरेका छन्
यसबाहेक उद्यमशीलताका विकास कार्यक्रमलाई पनि नगरपालिकाले जोड दिएको मेयर कार्कीले बताउनुभयो । ‘एक सहकारी एक उद्यमशीलता कार्यक्रमलाई विशेष प्राथमिकता दिएर अगाडि बढिरहेका छौ’, मेयर कार्कीले भन्नुभयो, ‘उद्यमशीलता के हो ? उद्यमशीलता बन्न चाहिने आधारभूत तयारी के हुन सक्छन, ब्यवस्थापन कसरी गर्ने ? भनेर विशेष तालिम दिदैं उद्यमशील समूह बनाएर क्षमता विकास कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढाउन जोड दिइरहेका छौ ।’
त्यस्तै, नगरपालिकाले २१ औं शताब्दी सुहाउँदो प्रविधिमैत्री स्थानीय सरकार संचालनको लागि अगाडि बढेको बताउनुभयो । सप्फटवेयर निर्माण गरेर पेपरलेस गर्ने, ईसेवा, खल्ती लगायत एप्समार्फत राजस्व तीर्न सक्ने र त्यसको जानकारी मेसेज मार्फत पाउने ब्यवस्था गरेको मेयर कार्कीले बताउनुभयो ।
साथै नक्सापास पनि डिजीटल रुपमा पास गर्ने प्रविधिमा प्रवेश गरिसकेका छौ । उज्यालो नगर, सुरक्षीत नगरको अवधारण अनुसार हरेक वडामा सिसी टिभी क्यामेरा र सडक बत्ती जडान कार्यलाई पनि अत्यन्त महत्वका साथ अगाडि बढिरहेका छौ’, मेयर कार्कीले भन्नुभयो ।
नगरपालिकाले नगरक्षेत्रभित्र तत्काल गर्नुपर्ने कुनै कामका लागि हरेक वडामा ३५ लाख बजेट छुट्याएको छ । कुनै सडक मर्मत गर्नुपरे वा तत्काल गर्नुपर्ने कुनै कामका लागि -यापिड रेस्पोन्स टिम बनाएको हो ।
नगरमा बस्तीलाई ब्यवस्थित बनाउँदै लग्नुपर्ने चुनौतीपूर्ण काम रहेको र धेरै जग्गाहरु खण्डीकरण भएर ब्यवस्थित बनाउन आवश्यक रहेकाले नयाँ मापदण्ड बनाएर कार्य अगाडि बढिरहेको पनि जानकारी गराउनुभयो । नगर कार्यपालिकाबाट आवश्यक ऐन निर्माण तथा संशोशन गरेर अगाडि बढेको कार्कीको भनाई छ ।
मेयर कार्कीका अनुसार नगरपालिकामा तत्काल गर्नुपर्ने कुनै कामका लागि हरेक वडामा ३५ लाख बजेट छुट्याइएको छ । कुनै सडक मर्मत गर्नुपरे वा तत्काल गर्नुपर्ने कुनै कामका लागि -यापिड रेस्पोन्स टिम बनाइएको मेयर कार्कीले बताउनुभयो ।
साथै नगरपालिकाकाले १ देखि ९ वडामा फरक फरक खालको खेलकुदका पूर्वाधार बनाउने कार्य पनि अगाडि बढाएको छ ।
मेयर कार्कीका अनुसार नगरपालिकाले गरिरहेको कार्यबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ भने प्रतिबद्धता ब्यक्त गरे अनुसार काम भइरहेकोमा स्थानीयबासीले खुसी समेत ब्यक्त गर्ने गरेका छन् ।
प्रकाशित | १ फाल्गुन २०७९, सोमबार २२:२७