गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलसँग एनआरएनए प्रतिनिधी मण्डलको भेटघाट

पोखरा : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रतिनिधी मण्डलले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग भेटघाट गरेको छ ।

अध्यक्ष रबीना थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा संस्थाका पूर्व कोषाध्यक्ष प्रकाश पुन, एनआरएनए हङकङको निवर्तमान अध्यक्ष तथा आइसिसी सचिव  राधिका गुरुङ (टिका),  सहकोषाध्यक्ष अमृता थापा (कञ्चन)  र नारायण थापा लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा संघले गर्न सक्ने कामका क्षेत्र र बिदेशमा रहेका नेपालीले समृद्ध नेपाल भएको देख्न चाहेको बिषयमा छलफल भएको थियो ।

मुख्यमन्त्री पोखरेलले बिदेशमा रहेता पनि मातृभुमिको आघात प्रेम यथावत रहेको बताउनुहुँदै बिदेशमा सिकेका ज्ञान, सिप र आर्जन गरेको सम्पत्तीलाई स्वदेशमा लगानी गर्न आग्रह गर्नुभयो ।

त्यस्तै, प्रतिनिधी मण्डलले मंगलबार भएको भेटघाटको क्रममा उठेका बिषयहरुका थप छलफलका लागी मुख्यमन्त्री पोखरेलसँग बुधबार पनि भेटघाट गरेको छ । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका प्रमुख डा. रघुनाथ काफ्लेको पनि उपस्थिती थियो ।

आयोगका प्रमुख काफ्लेले गण्डकी प्रदेश सरकार बिदेशमा रहेका नेपालीहरुले गर्न सक्ने क्षेत्र र सम्भावित योजनाका बारेमा प्रष्टयाउनु भएको थियो । डा.काफ्लेले जलविद्युत, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषी लगायतका क्षेत्रमा लगानीका आधारहरुका बारेमा धारणा राख्नु भएको थियो । ।


प्रकाशित | ७ बैशाख २०७९, बुधबार १२:५३