मेगाको आफ्नै लर्निङ एन्ड डेभलपमेन्ट सेन्टर स्थापना

काठमाडौं : मेगा लर्निङ एन्ड डेभलपमेन्ट सेन्टरमार्पmत आप्mना कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिम प्रदान गर्दै आएको मेगा बैंक नेपालले अब आफ्नै कार्यालय रहेको भवनबाट मेगा लर्निङ एन्ड डेभलपमेन्ट सेन्टरका साथै रिसोर्स सेन्टर समेत सञ्चालनमा ल्याउने भएको छ ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले ज्ञानेश्वरस्थित बैंकको कार्यालय परिसरमा बिहीबार एक समारोहबीच नवनिर्मित मेगा लर्निङ एन्ड डेभलपमेन्ट सेन्टरको उद्घाटन गरे । कार्यक्रममा मेगा बैंकका सञ्चालकहरू, सीईओ, एडीसीईओ, अन्य उच्च व्यवस्थापन श्रेणीका कर्मचारीलगायतको उपस्थिति थियो ।

मेगा बैंकमा कार्यरत कर्मचारीहरूको सीप, ज्ञान एवं दक्षता अभिवृद्धि गर्दै अभैm प्रभावकारी ढंगले ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले यस सेन्टरलाई बैंककै कार्यालय रहेको भवनमा स्थापना गरिएको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए

। ज्ञान हासिल गर्ने प्रक्रिया सदैव चलिरहने भएकाले सबै तहका कर्मचारीहरूका लागि यो अत्यन्तै उपयोगी हुने धारणा उनले राखे । २०६९ सालदेखिनै स्थापित बैंकको रिसर्च एन्ड डेभलप्मेन्ट एकाइको कार्यमा रिसोर्स सेन्टरले योगदान पु¥याउनेसमेत विश्वास आपूmले लिएको बताए ।

बैंककी सीईओ अनुपमा खुञ्जेलीले मेगा लर्निङ एन्ड डेभलपमेन्ट सेन्टरको उद्देश्य तालिम दिने मात्रै नभई बैंकभित्रै अनुभवी प्रशिक्षकहरूको पनि संख्या वृद्धि गर्ने रहेको बताउँदै सोहीबमोजिमको योजना एवं तालिका तयार गरी सेन्टरलाई सञ्चालन गरिने बताइन् ।


प्रकाशित | २२ कार्तिक २०७६, शुक्रबार ११:१४