एनआरएनए न्यूजील्याण्ड अध्यक्ष केसीद्धारा १० हजार डलर सहयोग गर्दै आपत्तकालीन कोष खडा, सबैलाई सहयोग गर्न अपिल

राजीव आचार्य/न्यूजील्याण्ड

कोरोना भाइरसले विश्वब्यापी महामारीको रुप लिइरहँदा न्यूजील्याण्डबासी पनि  प्रत्यक्ष/अप्रत्यक्ष रुपमा प्रभावीत भइरहेका छन् । यद्यपी अहिलेसम्म नेपालीमा भने कोरोना भाइरस संक्रमण भएको जानकारी छैन ।

तर आगामी दिनमा आउँन सक्ने सम्भावीत समस्यालाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए ) न्यूजील्याण्डले आपत्तकालीन कोष खडा गर्दै सहयोगको लागि सबैमा अपिल गरेको छ ।

अध्यक्ष लाल केसीले आफनो तर्फबाट १० हजार डलर सहयोग गर्दै सबैमा सक्दो सहयोग गर्न आग्रह गर्नुभएको छ ।  कोरोना भाइरसको सम्भावीत समस्यालाई मध्यनजर गर्दै खोलीएको आपत्तकालीन कोषलाई न्यूजील्याण्डमा समस्यामा पर्ने वा परेका नेपालीको सहयोगमा खर्चीनेछ ।

अध्यक्ष केसीले सबै दयालु मनहरुलाई आपत्तकालीन खातामा सहयोगको लागि अपिल गर्नुहुँदै कुनै समस्या परे सिधै सम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ ।

नेपाली राजदूतावाससँग मिलेर एनआरएनए अगाडि बढिरहेको बताउँदै अध्यक्ष केसीले कुनै समस्या भए ढुक्क भएर सम्पर्क गरिदिन आग्रह गर्नुभएको हो । साथै अध्यक्ष केसीले १० हजार  डलर कोषमा सहयोग गर्नुभएसँगै कोषमा सहयोग उठ्ने क्रम जारी छ ।


प्रकाशित | १७ चैत्र २०७६, सोमबार १७:१६