नयाँ वर्षको पहिलो साताभित्र प्रदेश नामाकरण र राजधानी घोषणा गछौ : मुख्यमन्त्री राई

भक्तपुर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण र राजधानी नयाँ वर्षको पहिलो साताभित्र घोषणा गरिसक्ने तयारीमा जुटेको बताउनुभएको छ । राजधानी र नामाकरण गर्ने विषय लगभग टुंगिसकेकाले नयाँ वर्षको पहिलो साताभित्र टुंगो लगाउने तयारी भइरहेको जानकारी गराउनुभएको हो ।

आज भक्तपुरको रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री राईले राजधानी र नामाकरणको विषयमा कुनै विवाद नभएको र सर्वसम्मत टुंग्गो लगाइने दावी समेत गर्नुभयो । प्रदेश राजनधानीको नामकरण र राजधानीको बिषय बिगतका समयमा केन्द्रले टुग्गो लगाउन नसकेको र प्रदेशको थाप्लोमा भार थोपरी दिएकाले केहि बिलम्ब भने भएको स्वीकार्नुभयो ।

त्यस्तै, मुख्यमन्त्री राईले प्रदेशमा आवश्यक कानुन र संरचना तयार हुन नसक्दा तीन तहका सरकाले जन अपेक्षा अनुरुप काम गर्न नसकेको समेत बताउनुभयो । एक बर्ष सम्मको अवधि अनुभवको बर्ष र संघियताको जग निमार्णको बर्ष रहेकाले अबको दिनमा काम गर्न सहज हुने धारणा ब्यक्त गर्नुभयो ।


प्रकाशित | २९ चैत्र २०७५, शुक्रबार १९:१२