एनआरएनए केन्द्रीय समिति बैठक अप्रिल ३० मा आह्वान

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) को बैठक अप्रिल महिनाको अन्तिम साता बोलाइएको छ । संघका महासचिव गौरी राज जोशीका अनुसार संघको ८४ औं बैठक अप्रिल ३० तारिखमा भर्चुअल रुपमा आह्वान गरिएको हो ।

जोशीका अनुसार सो बैठकका लागि एजेण्डाहरु पठाउन आइसीसी (केन्द्रीय) सदस्यहरुलाई आग्रह गरिसकिएको छ । आइसीसी सदस्यहरुको सुझावका आधारमा आगामी २३ तारिख बस्ने पदाधिकारी बैठकले ती एजेण्डाहरुलाई अन्तिम रुप दिने छ ।

बैठकमा संघको संरक्षक परिषदको गठन, सल्लाहकारको मनोनयन, आइसीसी सदस्यहरुको मनोनयन, मानार्थ सदस्यहरुको मनोनयन , केन्द्रीय कार्यालयमा नयाँ सिइओ नियुक्ति लगायतका एजेण्डामा छलफल हुनेछ ।


प्रकाशित | ५ बैशाख २०७९, सोमबार ०९:३४