मुख्यमन्त्रीसँगको छलफलपछि राहत वितरणमा बाराको विकट गाउँ लाग्यो एनआरएन टोली

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को टोली हावाहुरी प्रभावीत बारा र पर्सामा हिजादेखि राहत वितरणमा खटिरहेको छ । हिजोदेखि राहत वितरण कार्यमा खटिएको एनआरएन उपाध्यक्ष कुमार पन्तसहितको टोलीले आज प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतसँग भेटभाट गरि छलफल गरेको छ । भेटघाटको क्रममा मुख्यमन्त्री राउतले विकट गाउँमा राहत वितरण हुन नसकेको बताउनुभएको थियो ।

मुख्यमन्त्री राउतले विकट गाउँ बाराको पुरौयामा अहिलेसम्म राहत नपुगेको र त्यस ठाउँमा राहत वितरण गर्दा पीडितको न्याय हुने भनेपछि उपाध्यक्ष पन्तसहितको टोली त्यसतर्फ लागेको हो । अहिले मुख्यमन्त्रीसँगको छलफलपछि प्रमुख जिल्ला अधिकारीको स्वीकृत लिएर एनआरएन टोली राहत वितरण गर्न त्यसतर्फ लागेको छ । एनआरएनले सो गाउँका ५ सय घरधुरीलाई २५ किलो चामाल, ५ किलो आलु, २ किलो दाल र एक लिटर तेल वितरण गर्नेछ । टोलीमा एनआरएनका सल्लाहकार रामेश्वर शाह तथा पूर्व महासचिव रतन झालगायत सहभागि हुनुहुन्छ ।


प्रकाशित | १९ चैत्र २०७५, मंगलवार ११:२३