फेलिक्सलाई ‘गोल्डेन ब्वाई अवार्ड’

एजेन्सी :  पोर्चुगिज तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका युवा स्टार जोओ फेलिक्सले गोल्डेन ब्वाई अवार्ड –२०१९ जितेका छन् । गत महिना नै घोषणा भएको गोल्डेन ब्वाई अवार्ड फेलिक्स र उनका एजेन्ट जर्ज मेन्डिसले सोमबार राति टुरिनमा ग्रहण गरेका थिए ।

२० वर्षे फेलिक्सले यो अवार्ड जित्ने क्रममा जाडोन सान्चो, केइ हाभार्ट र अर्लिङ ब्राउट हल्यान्डजस्ता युवा स्टारलाई पछि पारेका थिए ।
२० वर्षे युवा स्टार यस समरमा ११३ मिलियन पाउन्डमा पोर्चुगिज क्लब बेन्फिकाबाट मड्रिड आएका थिए ।

फेलिक्सले अघिल्लो सिजन बेन्फिकामा ४३ खेलमा २० गोल गर्दै आफ्नो छाप छोडेका थिए । मड्रिडमा भने उनले १७ खेलमा ४ गोल मात्रै गर्न सफल भएका छन् ।

अघिल्लो वर्ष म्याथ्थिज ड लिग्टले अन्सु फाती र फिल फोडेनलाई पछि पारेका थिए । यसअघि यो अवार्ड लियोनेल मेस्सी, वाइन रोनी, सेस फाब्रिगास र केलियन एमबाप्पेले जितिसकेका छन् ।


प्रकाशित | १ पुष २०७६, मंगलवार १०:२९