सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ –आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य स्थिर कायम भएको हो । गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १ हजार ५०० रुपैयाँ थियो ।

आज पनि छापावाल सुन र तेजाबी सुनको मूल्य सोही कायम भइ कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । गत शुक्रबार प्रतितोला १४ सय १५ रुपैयाँ तोकिएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।


प्रकाशित | ४ बैशाख २०७९, आईतवार १३:०९