इन्डियन प्रिमियर लिग(आईपीएल) : बैंगलोरको रोमान्चक जित

एजेन्सी : कप्तान विराट कोहलीले शतक र मोईन अलीले उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले दोस्रो जित निकालेको छ । शुक्रबार राती सम्पन्न रोमान्चक खेलमा बेंगलोरले कोलकता नाईट राईटर्सलाई १० रनले हराउन सफल भएको हो । २ सय १४ रनको लक्ष्य पछ्पाएको कोलकताले २० ओभरमा ५ विकेटको क्षतिमा २सय ३ रन बनाउन सक्यो ।

कोलकतालाई जितको लागि अन्तिम १२ बलमा ४३ रन चाहिएको थियो । १९ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै कुल रसेलले १९ रन बटुले । कोलकतालाई जितको लागि अन्तिम ओभरमा २४ रन चाहिएको थियो । मोईन अलीले १३ रन खर्चेर आन्द्रे रसेललाई रन आउट गराएपछि बेंगलोरले रोमान्चक जित हात पार्न सफल भएको हो ।

पहिलो बलमा मोईन अलीले नितेश रानालाई डट गराए । दोस्रो बलमा रानाले एक रन लिदै स्ट्राईक रसेललाई दिए । तेस्रो बलमा रसेलले छक्का प्रहार गरे । चौथो बल रसेललाई अलीले डट गराएपछि बेंगलोरको जित पक्का बनेको थियो । पाँचौ बलमा रसेललाई अलीले रन आउट गराए । अन्तिम बलमा नितेश रानाले छक्का प्रहार गरेपनि त्यो जितको लागि प्राप्त थिएन ।

आन्द्रे रसेलले २५ बलमा ९ छक्का र २ चौका प्रहार गर्दै ६५ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । नितेश रानाले ४६ बलमा ५ छक्का र ९ चौका प्रहार गर्दै ८५ रनमा अविजित रहे । कुनै समय कोलकता १४ ओभरमा १०१-४ को कमजोर अवस्थामा थियो । तर आन्द्रे रसेलर नितेश रानाले विश्फोटक ब्याटिङ गर्दै पाँचौ विकेटका लागि १ सय १८ रनको साझेदारी गरेपछि कोलकताको जितको संभावना पलाएको थियो । कोलकताका ओपनर क्रिस लिन १,सुनिल नारायण १८,रोविन उथप्पा र सुभमन गिल समान ९-९ रनमा आउट भए । बेंगलोरका डेल स्टेनले २,मार्कस स्टोइनिस र नन्दीप सैनीले समान १ विकेट लिए ।

त्यस अघि कोलकताको घरेलु मैदान इडेन गार्डेनमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १३ रन बनायो । बेंगलोरलाई विशाल योगफल तयार पार्न कप्तान विराट कोहलीले सानदार शतक प्रहार गरे । आईपीएल करियरको पाँचौ शतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै रनमा १ सय रनमा आउट भए । अन्तिम ओभरको अन्तिम बलमा हेरी गुर्नीले सुभमन गिलबाट क्याच गराए ।

त्यस्तै मोईन अलीले पनि विश्फोटक ब्याटिङ गरे । अलीले मात्र २८ बलमा ६ छक्का र ५ चौका सहित ६६ रनमा क्याच आउट भए । अलीले १६ औं ओभरमा अलीले कुलदिप यादवलाई २ चौका र ३ छक्का प्रहार गर्दै कुल २७ रन बटुलेका थिए । यसै ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने क्रममा अली प्रसिद्ध कृष्णबाट क्याच आउट भए ।

ओपनर पार्थिव पटेल ११ र अक्षयदिप नाथ १३ रनमा आउट भए । मार्कस स्टोइनिस ८ बलमा २ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे । कोलकताका लागि सुनिल नारायण,आन्द्रे रसेल, हेरी गुर्नी, कुलदीप यादवले समान


प्रकाशित | ७ बैशाख २०७६, शनिबार ०९:०८