नेकपामा बहुमतको निर्णय मान्दिनँ भन्ने छुट कसैलाई छैन : माधव नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधीसम्मत चल्नुपर्नेमा जोड दिनुभएको छ । नेता नेपालले पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिर्दै भन्नुभएको छ, ‘बहुमतको निर्णय पार्टीको निर्णय हो । यसलाई सबैले मानौँ । बहुमतको निर्णय मान्दिनँ भन्ने कसैले छुट पाउँदैन ।’

पार्टीभित्र कुनै एक व्यक्ति सर्वेसर्वा हुन नसक्ने जिकिर गर्दै नेता नेपालले शुक्रबार पुष्पलाल स्मृति दिवसका असरमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै भन्नुभयो, ‘कसैले पनि आफू नै राज्य र आफू बिना संसार चल्दैन भन्ने भ्रममा नपर्दा हुन्छ । ‘

त्यस्तै, उहाँले पार्टी फुटाउन खोज्दैमा नेकपा नफुट्ने पनि बताउनुभयो । ‘नेकपा फुट्दैन । कोही चोइटिन खोजेमा चोइटिएला तर फुट्दैन’, उहाँले भन्नुभयो ।


प्रकाशित | ९ श्रावण २०७७, शुक्रबार १५:४६