सभापतिको दौडबाट कुनै हालतमा पछि हट्दिन : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेसनमा आफु सभापतिको दौडबाट पछि नहट्ने बताउनु भएको छ । काठमाडौंको बानेश्वरमा विहीबार सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पाटीलाई विधि सम्मत, नियम सम्मत र संस्थागत रुपमा अगाडि बढाउन आफू सभापतिका रुपमा उभिएको बताउनु भयो ।

उहाँले सम्पूर्ण चुनौतिलाई सामना गर्दै आफूले कांग्रेसलाई बिशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागी दाबी गरेको बताउनु भयो।

कार्यक्रममा सिंहले नेपाली कांग्रेसलाई एकताबद्ध हुन कसिुनजीले गरेको त्यागलाई कुनैपनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दुःख समेत ब्यक्त गर्नु भयो ।


प्रकाशित | २३ मंसिर २०७८, बिहीबार १८:५८