काठमाडौं : टिकटकमा आधा करोडले पछ्याउने ट्विनी गर्ल्सको विषयमा धेरै चर्चा परिचर्चा भइरहन्छ । जुम्ल्याहा दिदीबहिनीका भिडियोहरु जताततै भाईरल भइरहेका छन् । नेपाली र हिन्दी गीतहरुमा लिप्सिङ गर्दै उनीहरुको हाउभाउयुक्त अभिनयले धेरैको मन जितेको छ। उनीहरुका फलोअर्स ५० लाख नाघेको छ। सबैभन्दा बढी फलोअर्स भएको नेपाली टिकटक अकाउन्ट अन्जु भण्डारीभन्दा ६ लाखमात्रै कम।
जुम्ल्याहा दिदीबहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा हुन। उनीहरुले म्यूजिकल्ली चलाउन सुरु गरेको गत साउनदेखि मात्र हो।
प्रिन्सी नर्दन लाइट एकेडेमी अफ एभियसन एण्ड टेक्नोलोजीबाट डिप्लोमा सकेर एयरपोर्टको ग्राउण्ड क्रुमा इन्टर्न गर्दैछिन्। त्यस्तै, प्रिज्मा भने मेधावी कलेजबाट होटल म्यानेजमेन्ट विषयमा स्नातक तेस्रो वर्षमा अध्ययन गर्दैछिन्। हिमालयन ह्वाइट हाउसबाट १२ सकाएका उनीहरुले चावहिलको आइडियल विद्यालयबाट एसएलसी दिएका हुन्।
फलोअर्स बढ्न थालेपछि थप भिडियो बनाउने उत्साह थपिएको उनीहरु बताउँछन्, ‘धेरै लाइक भएका फेसबुक पेजहरुले हाम्रो टिकटक भिडियो अपलोड गरिदिए। त्यसपछि ह्वात्तै फलोअर्स बढ्यो ।’ टाइमिङ मिलेको लिप्सिङ, दुरुस्त हाउभाउका कारण पनि अत्याधिक फ्यान बढ्न थालेको उनीहरुको बुझाइ छ ।
प्रकाशित | २१ बैशाख २०७६, शनिबार १०:३२