बलिउडकी चर्चित गायिका नेहा कक्कड ‘लाइभ कन्सर्ट’ का लागि काठमाडौं आउँदै

काठमाडौं : बलिउडकी चर्चित गायिका नेहा कक्कड यही जेठ २५ गते काठमाण्डौ आउने भएकी छिन् । जेठ २५ गते शनिबार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ मा आफ्नो सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक आउन लागेकी हुन ।

पारामाउन्ट इन्टरटेन्मेन्टले नेहालाई ठमेलमा रहेको २५ सय दर्शक क्षमताको लर्ड अफ् ड्रिङ्क्स (एलओडी) मा प्रस्तुत गर्न लागिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार ‘नेहा कक्कड लाइभ’ कार्यक्रम जेठ २५ गते शनिबार राति ८ बजेपछि प्रारम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउन गायिका कक्कड जेठ २४ गते शुक्रबार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाण्डौ आउनेछिन् ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार २१:५२