सिटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटलबीच सहकार्य

काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्पार्क हेल्थ होम हस्पिटल प्रालिबीच बैंकका ग्राहक महानुभावहरूलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहक महानुभावहरूले स्पार्क हेल्थ होम हस्पिटल प्रालिमा उपचार गराउँदा तथा अन्य सेवा लिँदा विशेष छुट पाउने भन्दै बैंकले यो सेवा स्पार्क हेल्थ होम हस्पिटलका काठमाडौँ उपत्यकाका चारवटै शाखा कार्यलय (चाबहिल, सतुंगल, भक्तपुर र सोल्टीमोड) बाट उपलब्ध हुने जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानुभावहरू लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।


प्रकाशित | १४ मंसिर २०७६, शनिबार ०९:०६