अब लगानीको समस्या छैन अपेक्षाभन्दा बढी नै लगानी आइरहेको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा ‘अब लगानीको समस्या नरहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले लगानी अपेक्षाभन्दा बढी नै आइरहेको बताउँदै देश उत्साहजनक रुपमा अघि बढेको बताउनुभएको हो ।

नेकपा स्थापनाको ७० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बर्तमान सरकार मुलुकलाई आधुनिक, समृद्ध, सामाजिक न्याय सहितको सम्पन्न देश बनाउने योजनासहित अघि बढेको बताउनुभयो । गान्धारीले आँखामा पट्टी बाँधेपछि केही देखिँदैन, ४ सय ५५ झुलुङ्गे पुल बनेका छन्, ८५० किमि बाटो कालोपत्रे भएको छ, तुइन विस्थापित भएका छन् । पट्टी खोलेर हेर्नुपर्‍यो ’, उहाँले भन्नुभयो ।

अर्थतन्त्रका क्षेत्रमा ७ प्रतिशत भन्दा बढी वार्षिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको उहाँले बताउनभयो । ‘अहिले विश्वको आर्थिक वृद्धिदर भएका मुलकमा नेपाल पर्दछ । यो कम्युनिष्ट पार्टीको नेतृत्वकै कारण भएको हो ।’ उहाँले भन्नुभयो, ‘कमी कमजोरी पनि केही छन्, ठेकेदार भाग्यो मेलम्ची आउन ढिला भयो । हामी मेलम्ची ल्याउँछौं । नयाँ योजना ल्याएका छौं, केही दिनपछि देख्नुहुनेछ ।’

प्रधानमन्त्री ओलीले विगतमा अर्थतन्त्र खोक्रो बनाएर छोडेकाले वृद्धा भत्ता बढाउन नसकिएको बताउँदैै भन्नुभयो, ‘यो आर्थिक वर्षमा बृद्धाभत्ता बढेन भनेर बासुरी बजाईरह्यो, त्यस बेला मुलुकको अर्थतन्त्र खोक्रो बनाएर छाडिएकाले सकिएन । तर आगामी बजेटबाट बढ्छ ।’


प्रकाशित | ९ बैशाख २०७६, सोमबार १७:०४