सूर्यविनायकको मेयरमा उठ्ने राजनकाजी त्वातीको घोषणा, पार्टीले टिकट दिनेमा आशावादी

भक्तपुर: आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कांग्रेस नेता राजनकाजी त्वातीले सूर्यविनायक नगरपालिकाको मेयरमा चुनाव लड्ने घोषणा गर्नु भएको छ ।

उम्मेदवारी घोषणासँगै त्वात्तिले आफ्नो प्रचार प्रसारलाई समेत ब्यापक बनाउनु भएको छ । यसपाली नेपाली काँग्रेसबाट सबैभन्दा बलियो उम्मेदवारको रुपमा त्वातीलाई हेरिएको छ ।

पाण्डुबजार घर भएका त्वाती स्थानीयवीच परिचित नेता हुनुहुन्छ । एक इमान्दार र सोझा भएकाले पनि स्थानीय सबैले रुचाउने नेताका रुपमा चिनीनुहुन्छ। काँग्रेस भएर पनि अरु पार्टीका नेता कार्यकर्तासँग पनि उतिकै प्रगाड सम्वन्ध रहेकाले पनि सबैले रुचाउने नेताका रुपमा उहाँलाई चिन्ने गरेका छन् ।

खानेपानी, ढल, सडक लगायत विकास निमार्णमा सदैव लागिपर्ने उहाँकै कारण यसक्षेत्रको विकासमा फर्को मारेको छ । उहाँकै अग्रसरतामा दर्जनको हाराहारीमा खानेपानी आयोजन, आधा दजर्न ढल आयोजना, दुर्इ दर्जनभन्दा वढी सडक पीच भइसकेको छ । जसले गर्दा स्थानीयले खानेपानीका पिताका रुपमा समेत परिचित हुनुहुन्छ ।

किसान परिवारमा जन्मनु भएका ५३ वर्षिय त्वाती अरुको दुख आफ्नै सम्झेर खवर पाउनासाथ अरुको दुख सुखमा साथ र सहयोगमा सदैव अग्रसर हुनुहुन्छ । २०४२ सालको सत्याग्रहमा सकृय आन्दोलनमा सहभागि त्वाती अहिलेसम्म पनि निरन्तर राजनीतिमा सकृय हुनुहुन्छ ।

तत्कालीन समयमा पञ्चायत विरोधी आन्दोलन देखि२०६२ ०६३ सालको आन्दोलनको क्रममा पटक पटक जेल पर्नु भएको थियो । अझ माओवादीको द्धन्दकालमा त्वातीको पाण्डुबजारस्थित घरमै बम राखेर डर त्रास देखाएपनि उहाँ अलिकति पनि विचलित हुनु भएन । झन राजनीतिमा खारिन्दै जानु भयो । २०४८ सालदेखि पार्टीको क्रियाशिल सदस्य लिनु भएको उहाँले तात्कालिन कटुञ्जे गाउँ समितिका सदस्य क्षत्रिय सदस्य दुर जिल्ला कार्यसमिति ४ पटक सदस्य महाधिवेशन र महासमिति दुई दुई पटक निर्वाचित हुनु भएको उहाँले अहिलेसम्म लाभको पद लिनु भएको छैन र लोभ पनि नभएको बरु जनताको सेवा गर्दा आनन्दित हुने बताउनुहुन्छ ।

यति मात्र होइन सेवा नै धर्म माने उहाँ कोही कसैले सरुवा वढुवा र जागिरका लागि आउनेहरुलाइ निधक्क मानेर सहयोग गर्न तत्पर हुनुहुन्छ । सामाजिक आर्थिक कार्यकर्ता भएकाले जो कोहि पनि उहाँसग आश गरेका हुन्छन् । मेयरमा त्वातीसँगै काँग्रेसबाट उद्धव सिलवाल, विष्णुराज काकी लगायतले पनि दाबी पेश गर्नु भएको छ । जनमत र विकास प्रेम तथा सबैसँग मिल्न सक्ने भएकाले उहाँको प्रवल सम्भावना छ ।


प्रकाशित | २५ चैत्र २०७८, शुक्रबार २०:०६