नेपालमा थप ७४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ७४० जनामा संक्रमण देखिएको हो। आज थपिएका ७४० सहित नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ८२३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६१४३ पुगेको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

थप एकको मृत्यु

त्यस्तै, काठमाडौंमा थप एक जनाको कोरोनाको कारण निधन भएको छ । नयाँ वानेश्वरमा बस्ने ८५ वर्षीय एक पुरुषको भाइरसका कारणले निधन भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

पार्किङ्सन रोगबाट पीडित पुरुष्का छाती दुखेपछि राजधानीको एक निजी अस्पतातमा उपचारको क्रममा मृत्यु भएको हो । यो सहति नेपालमा कोरोना लागेर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।


प्रकाशित | १९ असार २०७७, शुक्रबार १६:३२