आजको मौसम सफा रहने

काठमाडौं: आज प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली भए पनि देशको अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी महाशाखाका अनुसार भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १ को पहाडी भूभागका थोरै स्थानहरूमा र बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार प्रदेश नं १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश नं १ को पहाडी भू(भागका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै बिहीबार प्रदेश नं १ को पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश नं १ को पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।


प्रकाशित | २२ चैत्र २०७८, मंगलवार ०८:१७