कांग्रेसमा गगन थापा चौथो वरियतामा

काठमाठौं – नेपाली कांग्रेसमा गगन थापा चौथौ वरियतामा पर्नु भएको छ । सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पछिको वरियतामा थापा पर्नु भएको छ । थापा पछि अर्का महामन्त्री विश्व प्रकाश शर्मा पर्नु भएको छ ।

त्यस्तै, सभापतिका प्रत्यासी शेखर कोइरालाको वरियता भने २० औं नम्बरमा राखिएको छ । शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरियतामा कोइरालालाई २० औं नम्बरमा राखिएको हो ।

सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई वर्तमान र पूर्व पदाधिकारीपछिको वरियतामा राखिएको हो ।


प्रकाशित | १० पुष २०७८, शनिबार १४:५१