नेयमार – दाैडमा पुन बार्सिलोना र रियल

एजेन्सी :  ब्राजिली स्टार नेयमार भित्राउन दुई स्पेनिस क्लबले दौड तिव्र पारेका छन् । ब्राजिली फरवार्ड नेयमारले स्पष्ट रुपमा ट्रान्सफर विन्डो अगाडीनै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी छाड्ने बताईसकेका छन् । सोही कारण पीएसजीले नेयमारको सम्भवित बहिर्गमनको बिषयमा छलफल अघि बढाएको छ ।

बार्सिलोनाले पीएसजीका प्रमुखसंग नेयमारको बिषयलाई लिएर पुन छलफल गर्दैछ । नेयमार फर्काउन निकै ठुलो रकम खर्च गर्नुपर्ने देखिएपछि बार्सिलोनाले फिलिप कौटिन्होलाई त्यसको एक हिस्सा बनाएको छ । रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज समेत नेयमारका ठुला प्रशंसक हुन् । उनी यसअघि समेत नेयमारलाई रियल ल्याउन असफल भएका थिए ।

रियलले नयाँ सिजनमा प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका पाउल पोग्बालाई क्लबमा ल्याउन सकेन । तर अध्यक्ष पेरेज अर्का ठुला खेलाडी क्लबमा ल्याउन चाहन्छन् । उसले यसअघि चेल्सीका ईडेन हजार्डलाई क्लबमा ल्याईसकेका छन् । अब उनको नजर नेयमारमा रहेको छ ।

स्पेनिस मिडियाका अनुसार नेयमार भित्राउने दौडमा मेस्सीको प्रवेश भएको छ । उनले नेयमारलाई फोन गरेर रियल मड्रिड नजान सुझाव दिएका छन् । मेस्सी आफैले नेयमारलाई कुनै पनि हालतमा क्लबमा ल्याउन बार्सिलोनामाथि ठुलो दबाब दिएका छन् ।

मेस्सीले पुर्व सहकर्मी नेयमारलाई पुन बार्सिलोनामा देख्न चाहन्छन् । नेयमारले चार सिजन बार्सिलोनामा बिताएका थिए । मेस्सीको जोडीको रुपमा बार्सिलोनामा रहेका नेयमारले दुई ला लिगा, च्याम्पियन्स लिग र क्लब विश्वकप जितेका थिए । मेस्सीसंगको विशेष सम्बन्धका कारण समेत नेयमार पुन बार्सिलोनासंग जोडिन चाहन्छन् ।

गत आईतबार मात्र पीएसजीका प्रशंसकले फ्रान्सेली लिगमा नेयमारविरुद्व नाराबाजी गरेका थिए । तर खेल सकिने बित्तिकै पीएसजीका प्रशिक्षक थोमस टुचेलले नेयमार क्लबमै बसेको हेर्ने ईच्छा रहेको बताएका थिए ।


प्रकाशित | २८ श्रावण २०७६, मंगलवार १०:१४