‘मेस्सीले सन्यास लिए बार्सिलोनालाई कठिन हुनेछ’

एजेन्सी : बार्सिलोनाका फरवार्ड लुइस स्वारेजले कप्तान लियोनल मेस्सीले सन्यास लिए बार्सिलोनालाई कठिन हुने बताएका छन् । मेस्सी बार्सिलोनाको उत्कृष्ट खेलाडी र टिमको सहकर्मी रहेको बताउँदै स्वारेजले मेस्सीले बुट थन्काए बार्सिलोनाको फुटबल अघि बढाउन कठिन हुने दाबी गरे ।

डेलीमेलसंगको कुराकानी स्वारेजले मेस्सीको सन्यासपछि बार्सिलोनाको लय अहिलेको जस्तो नहुने समेत बताए । ‘हामीलाई निकै कठिन हुनेछ,’ मेस्सीको सन्यास बारेको प्रश्नमा स्वारेजले भने, ‘तर, हामी सबैको लागि राम्रो कुरा हामी फुटबलमा काम गरिरहेका छौँ । अहिले हामी फुटबलको अनुभव गर्दैछौं र यसको मज्जा लिइरहेका छौं ।’

पाँच पटक ‘बालोन डि’ओर विजेता मेस्सीले बार्सिलोनाबाट ६८१ खेलमा ५९८ गोल गरिसकेका छन् । उनले क्याम्प नाउमा ३२ मुख्य उपाधि जितेका छन् । यस सिजन मेस्सीले ४५ गोल र १९ गोलको असिस्ट गरिसकेका छन् । यस्तै स्वारेजले बार्सिलोनामा उत्कृष्ट सहकर्मीहरु रहेको र सबै खेलाडीले एक अर्कालाई आदर गर्ने समेत बताए ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार १७:५१