राष्ट्रपतिले फीर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक पुनर्विचारका लागि आज प्रतिनिधिसभामा पेश गरिने भएको छ । प्रतिनिधि सभाको आज बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको पहिलो संशोधन विधेयक पुनर्विचारका लागि बिहीबार बिहान ११ बजे बस्ने बैठकमा पेश गर्ने तयारी गर्नु भएको हो ।

आजै पुनर्विचारका लागि पेश भएको विधेयकमाथि प्रतिनिधि सभा बैठकमा छलफल हुने, छलफलमा सांसदहरूले आफ्नो धारणा राख्न पाउने र लगत्तै सांसदहरूले राखेको धारणामा गृहमन्त्रीले जवाफ दिने कार्यसूची छ । साथै गृहमन्त्री खाणले आजकै बैठकमा विधेयक पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा उल्लेख छ।

सभामुख अग्निप्रसाद सापकोटाले गत साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक राष्ट्रपति भण्डारीले आइतबार संसद्मै फिर्ता पठाउनु भएको थियो ।


प्रकाशित | २ भाद्र २०७९, बिहीबार ०८:५०