खुसीको खवर: पछिल्लो २४ घण्टामा १९४५ जनाको कोरोना परीक्षणमा नयाँ संक्रमित भेटिएन

काठमाडौं: कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जनाको नमूना परीक्षण गरिएकोमा कसैमा पनि कोरोना संक्रमण नभएको पाइएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोनाको आशंकामा ४९ हजार ३ सय ३६ जनाको परीक्षण भएको छ । जसमध्ये ९ हजार ६ सय ६६ जनाको पिसिआर र ३९ हजार ६ सय ७० जनाको आरडिटिबाट परीक्षण भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रदेश १ मा ४ हजार १ सय ६०, प्रदेश २ मा ५ हजार ४४, बागमतिमा ७ हजार ४ सय ६७, गण्डकीमा ४ हजार ८ सय ७१, प्रदेश ५ मा २ हजार ९ सय ५०, कर्णालीमा ४ हजार ९ सय ७४ र सुदुरपश्चिम प्रदेशमा १० हजार २ सय ४ जनाको आरडिटिबाट कोरोनाको परीक्षण भएका छन्।

कुल संक्रमित ४९ जनामध्ये हालसम्म १५ जना उपचारपछि निको भएका छन्। उपचाररत संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा ३ र बाहिर ८४ गरी कुल ८७ जना आइसोलेसनमा छन्। १४ हजार ७ सय ३१ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।


प्रकाशित | १३ बैशाख २०७७, शनिबार १८:५५