यी हुन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय

काठमाडौँ  – सरकारले मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका आठ वटा निर्णय सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले  बैठकले अरुण ३ जलविद्युत् परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी–तिदिम खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको बताउनु भयो ।

त्यस्तै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त पसन्तकालीन बैठकमा नेपालको सहभागिताका लागि अर्थ मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले आयोजनाको वहुवर्षीय ठेक्कासम्बन्धी दोस्रो संशोधन मापदण्ड २०७८ स्वीकृत गर्ने, नेपाल–कम्बोडिया टिफा काउन्सिलको प्रथम बैठक भर्चुअल माध्यमबाट आयोजना गर्न स्वीकृत दिने र उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्ने सम्बन्धी पहिलो संशोधन कार्यविधि २०७८ स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले नेपाल प्रहरीको रिक्त तीन अतिरिक्त महानिरीक्षकको पदमा वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रकुमार धानुकलाई बढुवा गरी रिक्त पदमा पदस्थापना गर्ने निर्णय गरेको सञ्चार मन्त्री कार्कीले बताउनुभयो । त्यसैगरी ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगको अध्यक्ष नियुक्त गरिएको छ भने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा सङ्गीता खड्का र गोरखापत्र संस्थानको महाप्रबन्धकमा लालबहादुर ऐरीलाई नियुक्त गरिएको जानकारी दिनुभयो ।

बैठकको सार्वजनिक निर्णयहरु :

१. सरकारले आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी दोस्रो संशोधन मापदण्ड–२०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

२. बैठकले अरुण ३ जलविद्युत परियोजनाका लागि चाहिने जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको छ।

३. विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालका सहभागिताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय बैठक गरेको छ ।

४. नेपाल–कम्बोडिया प्रथम बैंक भर्चुअल माध्यमबाट गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

५. उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि स्वीकृत पनि बैठकले गरेको छ ।

६. नेपाल प्रहरीको एआईजीमा बसन्त पन्त, धीरज प्रताप सिंह र रवीन्द्र कुमार धानुकलाई बढुवा र पदस्थापन गर्ने निर्णय गरेको छ ।

७. भूमि आयोगको ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ ।

८. न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्का र गोरखापत्रको महाप्रबन्धकमा लालबहादुर ऐरीलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।


प्रकाशित | १८ चैत्र २०७८, शुक्रबार १५:०८