शुक्रबार विदेशी मुद्राको विनिमय दर कति छ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९७ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ०५ पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित | १८ चैत्र २०७८, शुक्रबार ११:००