एनआरएनए साउदी अरव अध्यक्षमा तेज बहादुर थापा निर्विरोध निर्वाचीत

साउदी अरव : गैर आवासीय नेपाली संघ (एनआरएनए ) साउदी अरवको सातौ अधिवेशनले तेज बहादुर थापाको अध्यक्षमा निर्विरोध कार्यसमिति निर्वाचीत गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा धुव्र कुमार रिजाल, उपाध्यक्षहरुमा विशाल कुमार श्रेष्ठ, रोशन कुमार श्रेष्ठ र भोला नाथ पौडेल ,  महासचिवमा उमेश भट्राई, कोषाध्यक्षमा सन्तोष लुइँटेल, सहकोषाध्यक्षमा योगेन्द्र बहादुर श्रेष्ठ, महिला संयोजकमा रविना अर्याल, युवा संयोजकमा राज कुमार श्रेष्ठ निर्वाचीत हुनुभएको छ ।  पहिलो बैठकले सचिव पदसहित तीन जनालाई मनोनीत गरिएको हो । सचिवमा लाल बहादुर मगर मनोनीत हुनुभएको हो ।  प्रवत्तामा विष्णु न्यौपाने नियुक्ती गरेको छ ।

त्यस्तैगरि, सदस्यहरुमा बालकृष्ण पंगेनी, नरेन्द्र बहादुर कार्की, विष्णु प्रसाद पोखरेल, चन्द्रमणी भण्डारी, सत्या नारायणी केसी,  विष्णु प्रसाद न्यौपाने, राम बहादुर क्षेत्री  निर्वाचीत हुनुभएको छ ।

आइसिसी सदस्यमा भने दुई जनाको उम्मेदवारी परेपछि यही १३ सेक्टेम्बरमा निर्वाचन तोकिएको छ । आइसिसी सदस्यहरुमा नारायण पासवान र उषा न्यौपाने (केसी ) को उम्मेदवारी परेको छ । कार्यक्रममा आइसिसीको तर्फबाट अध्यक्षको उम्मेदवार कुमार पन्त सहभागि हुनुहुन्थ्यो । नवनिर्वाचीत कार्यसमितिलाई आइसिसी उपाध्यक्ष कुमार पन्तले शपथ खुवाउनुभएको थियो ।


प्रकाशित | २० भाद्र २०७६, शुक्रबार २१:३०