थेग्नै नसक्ने गरी पद बाँडफाँड भएकोमा एनआरएनए अमेरिकाका च्याप्टरहरुको आपत्ति

न्यूयोर्क – गैर आवासीय नेपाली सङ्घको १० औ महाधिवेशन तथा निर्वाचनका सम्बन्धमा एनआरएनए अमेरिकाका च्याप्टरहरूले ध्यानाकर्षण भएको जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै च्याप्टरहरूले एनआरएनए आइसीसीको १० औँ महाधिवेशन र निर्वाचन प्रक्रियामा देखिएका अलोकतान्त्रिक र आपत्तिजनक अभ्यासहरू प्रति ध्यानाकर्षण भएको जनाएका हुन ।

‘विधि, विधान र प्रक्रियाका सम्बन्धमा आफ्ना कुरा राख्ने र मतदान गर्न पाउने अधिकारबाट आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटस वञ्चित गरिएकोमा च्याप्टहरु दुख व्यक्त गर्दै सहमतिको नाममा गरिएको यस घृणित कार्यको हामी सबै घोर भर्त्सना गर्दछौं’, जारी विज्ञप्तिमा भनीएको छ ।

त्यस्तै, विज्ञप्तिमा नाटकीय एकताको नाममा गरिएको घृणित कार्यको घोर भर्त्सना गर्दै आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटसले आवश्यकता अनुसार आफ्नो विधान परिवर्तन र निर्वाचनमा सहभागी हुने अधिकार राख्छन् तर सहमतिका नाममा सबैको अधिकार हनन् गरिएको उल्लेख छ ।

‘विविध गतिबिघीहरू सहमती गर्ने अभ्यासले एकता र निकास भन्दा आगामी दिनमा संस्थालाई थप समस्या तर्फ धकेल्छ भन्ने हाम्रो गहिरो चिन्ता र सरोकार छ’, विज्ञप्तिमा भनीएको छ,’संस्थामा सिमीत व्यक्तिहरूबाट हुने यस्ता अलोकतान्त्रिक, अदूरदर्शी र हेपाहा प्रवृत्तिको हामी घोर भर्त्सना गर्दछौँ। मिल्ने र मिलाउने नाममा संस्थाले थेग्नै नसक्ने गरी पद बाँडफाँड गरिनुले गैर आवासीय नेपाली सङ्घको गर्विलो विगतलाई कमजोर बनाएको छ ।’

त्यस्तै, आइसीसी डेलिगेटसको समस्या देखि थुप्रै गम्भिर विषयलाई जस्ताको तस्तै छोडेर अगाडि बढ्दा संस्था विवाद रहित र बलियो हुने सङ्केत नदेखिएको भन्दै मनोनीत वर्तमान कार्यसमितिले संस्थालाई दलदलबाट बाहिर निकाल्न के कसरी काम गर्दछ भनेर आम पञ्जीकृत सदस्यहरूले लियालीरहेको उल्लेख छ ।

‘तीन हजार भन्दा बढी डेलिगेट्स मध्ये केही दर्जन डेलीगेट र बिचौलियहरुले गरेको आइसीसी अधिवेशन प्रती हाम्रो आपत्ती छ साथै यस् अधिबेसनमा एनसीसी हरुको कमजोर भूमिका र सहकार्यले हामी च्याप्टरहरु लज्जित् भएका छौ र भबिस्यमा यस्तो नहोस भन्ने अपेक्षा छ’, विज्ञप्तिमा भनीएको छ ।

गैर आवासीय नेपाली सङ्घको १० औ महाधिवेशन तथा निर्वाचनका सम्बन्धमा च्याप्टरहरूको ध्यानाकर्षण

गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी)को १० औँ महाधिवेशन र निर्वाचन प्रक्रियामा देखिएका अलोकतान्त्रिक र आपत्तिजनक अभ्यासहरू प्रति एनआरएनए अमेरिकाका च्या्टरहरुको ध्यानाकर्षण भएको छ । विधि, विधान र प्रक्रियाका सम्बन्धमा आफ्ना कुरा राख्ने र मतदान गर्न पाउने अधिकारबाट आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटस वञ्चित गरिएकोमा सबै च्याप्टहरु दु:ख व्यक्त गर्दै सहमतिको नाममा गरिएको यस घृणित कार्यको हामी सबै घोर भर्त्सना गर्दछौं।

नाटकीय एकताको नाममा गरिएको यस घृणित कार्यको हामी सबै घोर भर्त्सना गर्दछौं। आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटसले आवश्यकता अनुसार आफ्नो विधान परिवर्तन र निर्वाचनमा सहभागी हुने अधिकार राख्छन् तर सहमतिका नाममा सबैको अधिकार हनन् गरियो। विविध गतिबिघीहरू सहमती गर्ने अभ्यासले एकता र निकास भन्दा आगामी दिनमा संस्थालाई थप समस्या तर्फ धकेल्छ भन्ने हाम्रो गहिरो चिन्ता र सरोकार छ।

संस्थामा सिमीत व्यक्तिहरूबाट हुने यस्ता अलोकतान्त्रिक, अदूरदर्शी र हेपाहा प्रवृत्तिको हामी घोर भर्त्सना गर्दछौँ। मिल्ने र मिलाउने नाममा संस्थाले थेग्नै नसक्ने गरी पद बाडफाड गरिनुले गैर आवासीय नेपाली सङ्घको गर्विलो विगतलाई कमजोर बनाएको छ । आइसीसी डेलिगेटसको समस्या देखि थुप्रै गंभिर विषयलाई जस्ताको तस्तै छोडेर अगाडि बढ्दा संस्था विवाद रहित र बलियो हुने सङ्केत देखिँदैन। मनोनीत वर्तमान कार्यसमितिले संस्थालाई दलदलबाट बाहिर निकाल्न के कसरी काम गर्दछ भनेर आम पञ्जीकृत सदस्यहरूले नियालिरहनु भएको छ। ३००० भन्दा बडी डेलिगेट मध्ये केही दर्जन डेलीगेट र बिचौलियहरुले गरेको आइसीसी अधिबेसन प्रती हाम्रो आपत्ती छ साथै यस् अधिबेसनमा एनसीसी हरुको कमजोर भूमिका र सहकार्यले हामी च्याप्टरहरु लज्जित् भएका छौ र भबिस्यमा यस्तो नहोस भन्ने अपेक्षा छ।
धन्यबाद !

च्याप्टर अध्यक्षहरू:

Ang Tshiring Sherpa – NY
Bal Rai – NV
Basudev Bhatt – NC
Bikash Devkota – FL
Bimal Adhikari – NE
Bivek Jha – MN
Dilip Kumar Baniya – GA
Dipak Thapa – WI
Eka Dev Sharma – CA
Ganga Acharya – NM
Indara K Chaudhary – IL
Jyoti Baral – IA
Santosh Kaji Thapa – TN
Kamal Dhungana – NH
Keshav Lohani – KY
Khem Raj Khatiwada – IN
Laxman Darlamee – OR
Mohan Neupane. – OH
Muna Tiwari – CT
Philip KC – KS
Prem Tamang – MA
Raju Parajuli – MD
RC Panta – CO
Subhash K Baitha – PA
Subodh Regmi – VA
Surya Tiwari – NJ
Tanka Dahal – WA
Tulshi Shiwakotee – MI
Sophin Thapa – TX


प्रकाशित | १७ चैत्र २०७८, बिहीबार २२:०८