रंगशालाको बार भत्काउनेलाई नेकपाले गर्यो कारवाही: कँडेल र बास्ताकोटी पार्टीबाट निलम्बन

चितवन : धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको कम्पाउण्डमा डोजर लगाई भत्काउने कार्यमा संलग्नहरु पार्टीका सदस्यलाई निलम्बन गरेको छ । निर्माणकै चरणमा विकासको बाधक बन्न खोज्ने प्रवृत्तिप्रति खेद व्यक्त गर्दै नेकपा चितवनले उक्त घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्बन गरी कारवाही गरेको एब बिज्ञप्ति जारी गर्दै जनाएको छ । त्यस्तै, अर्का पार्टी सदस्य भैरव बास्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जानकारी विज्ञप्ति मार्फत जनाएको छ ।

विहीवार एक विज्ञप्ति जारी गर्दै चितवन नेकपाले भरतपुर महानगरपालिकामा बनिरहेको रंगशालामा केही उदण्ड व्यक्तिले डोजर लगाइ भत्काएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । स्थानीय प्रकाश कँडेल, भैरव बस्ताकोटी लगायतका उदण्ड व्यक्तिहरुबाट भएको यो दुस्कार्यप्रति हाम्रो पार्टी नेकपा चितवन गम्भीर दुःख प्रकट गर्दछ । दोषीउपर कानूनी कारवाही अगाडि बढाई क्षतिपूर्ति भराउनसमेत राज्यसँग माग गर्दछ’ नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार १३:२२