सुनचाँदीको मूल्य ४ सय रुपैयाँले घट्यो

काठमाडौं – साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार ४ सय रुपैयाँले घटेर ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित | १६ चैत्र २०७८, बुधबार ११:३७