पूर्वी हिमाली भेगमा हेलिकप्टर नउडाउन सरकारको अनुरोध

काठमाण्डौ : सरकारले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको छ । राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको हो । समुद्री चक्रवात फानीको प्रभावले हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै त्यस्तो अनुरोध गरिएको हो । यस्तै पदयात्रा र हिमाल आरोहणमा निस्किएलाई सुरक्षित स्थानमा बस्न पनि आग्रह गरिएको छ ।


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार ११:३८